

यसरी घटाउन सकिन्छ तौल


सक्रिय जीवन अपनाउनु
सधैं सक्रिय जीवनयापन गर्नुपर्छ। यसकोलागि विविध प्रकारका शारीरिक क्रियाकलाप र व्यायाम हुन जरुरी छ।
सन्तुलित भोजन खानु
मोटो भयो भन्दैमा खाना खानै छोड्नु बानी गर्नुहुँदैन। विशेषगरी,दैनिक तीन पटक सन्तुलित खाना खानुपर्दछ। हरेक खाद्य समुहबाट आवश्यक परिणाममा पोषिलो खाद्यपदार्थ छनोट गर्नुपर्छ।
क्यालोरी कम गर्नुपर्छ
बढी प्रोटिन,चिल्ले र कार्बोहाइड्रेट भएको खाद्यपर्दाथ क्यालोरी बढाउने भएकाले साधारणभन्दा कम क्यालोरी दिने भोजन छनोट गर्नुपर्छ।
स्वस्थकर चिल्लोको प्रयोग गर्नुपर्छ
शरीर स्वस्थ राख्न केही चिल्लो पदार्थको आवश्यक पर्ने हुनाले सकेसम्म वनस्पति स्रोतबाट प्राप्त अतृप्त फ्याटी एसिड भएको खाद्य पदार्थ जस्तै ः दाल, गेडागुडी, भटमास आदि प्रयोग गर्नुपर्छ।
खाजा भोक लाग्दा मात्र खानुपर्छ
मुख्य खानाबाहेक बीचबीचमा खाइने खानाले पनि तौल बढाउन मदत गर्छ। एक त यसप्रकारको खाजा बढी चिल्लो हुने हुने, अर्को कुरा पटकपटक खाँदा अनावश्यक भन्दा बढी सक्छ।
प्रशस्त पानी पिउनुपर्छ।
स्वस्थ रहन दिनमा प्रशस्त पानी पिउनुपर्छ। यसबाहेक खाना खानु आधा घण्टा अगाडि पानी पिउँदा खानाको परिणाम कम गर्न मदत गर्छ।
बेलुकाको खानामा स्न्याक्स खाना रोज्नुपर्छ
बेलुकीको खाना खाइसकेपछि पनि केही खाजा खाइन्छ भने त्यस्तो बानीलाई हटाउनुपर्छ। यदि साँच्चै भोक लागेको छ भने यस्तो स्थितिमा केही फलफूल,कम चिल्लो भएको दूध खान सकिन्छ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया