

पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना संक्रमण


काठमाडौं
देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २ सय ३६ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १० हजार ४ सय १६ जनाको पिसीआर र २ हजार ८ सय २० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २४ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९५ हजार ८ सय १० पुगेको छ । पछिल्लो समय थप ३ सय ७६ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख ७ हजार १ सय ५४ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट तीन जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय १ लाख ८७ हजार ६ सय ६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म देशभर २ करोड ७ लाख ५९ हजार ५४ जनाले कोरोनाविरुद्वको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८ सय २४ छ । हाल ९७ जना कोरोना संक्रमित क्वारेन्टाइनमा उपचाररत छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया