

कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने


काठमाण्डाै
कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने भएको छ ।
आउने पुस ९ गते थप ६ लाख २० हजार डोज खोप नेपाल आइपुग्ने सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोभ्याक्स मार्फत फाइजरको खोप दोस्रो चरणमा खोप आउन लागेको हो ।
यसअघि कात्तिक ८ गते १ लाख ६ सय २० डोज फाइजर खोप आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो खोप १२ वर्ष माथिका दीर्घ रोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई दिएको थियो ।
अब आउने खोप ती जिल्लाका खोप पाउन बाँकी बालबालिकालाई दिइने जनाइएको छ । साथै, भोलि कोभ्याक्समार्फत १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ ।
परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार पुस ४ गतेदेखि सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ।
सरकारले ती जिल्लाका झण्डै १८ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ । त्यसका लागि विद्यालयमा नै खोप केन्द्र व्यवस्थापन गरिने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया