४० देशमा फैलिएको ‘ओमिक्रोन’ यसकारण खतरनाक

नेपालसहित ४० देशमा फैलिएको ओमिक्रोन यसकारण खतरनाक
काठमाडौं- म्युटेसन भएर बनेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पुनः एक पटक विश्व समुदायलाई चिन्तित बनाएको छ ।

यो नयाँ भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा नोभम्बर २४ मा देखिएको थियो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै यतिबेला विश्वकै ध्यान यसतर्फ मोडिएको छ ।

नेपालमा पनि सोमबार ओमिक्रोन संक्रमित भेटिएका छन् । यी सँगै हालसम्म यो भाइरस नेपालसहित ४० देशमा फैलिसकेको छ ।

ओमिक्रोन नेपालमा फैलिन नदिन उच्च सतर्कता अपनाउँदा पनि सोमबार दुई जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

योसँगै जनस्वास्थ्यविदहरुले ओमिक्रोन भेरियन्टको म्युटेसन सङ्ख्या धेरै र पुनः सङ्क्रमण हुने जोखिम बढ्ने जनाउनु भएको छ ।

ओमिक्रोन भेरियन्टको म्युटेसन डेल्टा, अल्फा, बिटा डेल्टा गामाको म्युटेसन यसमा भएकाे र त्यसकाे गुणहरू पनि भएकाले छिटाे फैलन सक्ने अनुमान गरिएकाे आनन्द वन अस्पतालमा अनुसन्धान वैज्ञानिक तथा कोभिड–१९ प्रयोगशाला प्रमुख डा. सन्तोष दुलाल बताउनुहुन्छ ।

‘सार्स कोरोना भाइसर शुष्म विषाणु हो । जुन एक कोषियभन्दा पनि सानो विषाणु हो । कसैले यसलाई जीवितको रुपमा पनि हेर्छन् भने कसैले यसलाई मृत रुपमा पनि हेर्ने गर्दछन्,’ प्रमुख डा. दुलाल भन्नुहुन्छ- ‘यसलाई बाँच्नको लागि कुनै पनि कोषिकाको आवश्यकता पर्छ । यो आफैं बाच्न सक्दैन । यो कोषिकामा निर्भर पर्छ । भाइरसले कोषिकामा बाँधिएर खानेकुरा लिने र अरु भाइरसलाई जन्माउने गर्दछ ।’

उहाँ भन्नुहुन्छ- ‘यो भाइरस कोषिकाहरुमा बाँधिएर बस्दा अत्यान्त परिवर्तनशील हुन्छ । यसले आफूलाई म्युटेशन गराइराख्छ ।’

सार्स कोरोना भाइरस २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक फेला परेको थियो ।

प्रारम्भमा देखा पर्दा एल टाइप भनेर देखिएको थियो । विस्तारै एस,जि र अरु भेरियन्ट अफ कन्सनहरु र उत्परिवर्तितहरु डेल्टा, अल्फा, बिटा, डेल्टा, गाम त्यसकै म्युटेनको स्वरुप अहिले ओमिक्रोन भेरिएन्ट आएको डा. दुलालको भनाइ छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी १.१.५२९ नाम दिएको यो भेरियन्टलाई नोभेम्बर २४ मा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरेको थियो ।

डब्ल्यूएचओले २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको हो । यसलाई ‘भेरियन्ट अफ कन्सर्न’अन्तर्गत राखिएको छ ।

यसैबीच, अमेरिकी सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउसीले कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोनबारे अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै यसबारे सचेत हुन आवश्यक रहेको बताएका छन्।

वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ तथा अमेरिकी राष्ट्रपतिका निजी चिकित्सक एन्थोनी फाउसीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्नका लागि सावधानी अपनाउनु पर्ने बताएका हुन् ।

उनले कोरोनाको यो नयाँ भेरियन्ट ओमिक्रोनबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्ने समेत बताएका छन् ।

उनले ओमिक्रोन नामक नयाँ कोरोना भाइरसको प्रारम्भिक लक्षण डरलाग्दो भएता पनि यसबाट आत्ती हाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया

खबर सबै