


एमालेले संसद अवरुद्ध गर्नुको औचित्य छैन : भीम रावल



काठमाडौं
नेकपा एमालेका नेता भीम रावलले एमालेले प्रतिनिधि सभा अवरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।
आइतबार ट्विटमार्फत उनले सरकारले ल्याउने विद्येयक र प्रस्ताव रोक्न नसकेको अवस्थामा एमालेले संसद अवरुद्ध गर्नुको कुनै औचित्य नभएको बताए ।
उनले भनेका छन्, ‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै कामकार्वाई हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको अौचित्य छैन। कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो।अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन्।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पार्टीले कारबाही गरेका सांसदहरुलाई कारबाही नगरिएसम्म संसद अघि नबढ्ने भनेका छन् ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया