

१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जित्यो


काठमाण्डाै –
१९ वर्षमुनिको राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज आइतवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई एक सय १३ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनी प्रदेशले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका लागि लोकेश बमले २५ र खड्क बोहराले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका अजय चौहानले पाँच, दुर्गेश गुप्ताले तीन र मोहम्मद हुसेनले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा दुई सय १२ रन बनायो । उसका लागि देव खनालले ७० र विशाल विक्रम केसीले ५१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आकाश चन्दले तीन तथा शेर मल्ल र हेमन्त धामीले दुई/दुई विकेट लिए । प्रतियोगितामा सात प्रदेशका सात टोली सहभागी थिए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया