

पाल्पामा ट्याक्टर दुर्घटना, चालकको ज्यान गयो


पाल्पा ।
पाल्पाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभयो ।
उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी सहचालक बगनासकाली गाउँपालिका–२ का २१ वर्षीय हिरा कुमाल भने घाइते भएका छन्। उनको भित्रि शरिरमा चोट बढी नै लागेकाले अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकले बताएका छन्। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया