


राप्रपा महाधिवेशनः नयाँ कार्यसमिति चुन्न आज मतदान हुँदै



काठमाण्डौँ
संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक अजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमिति छान्न आज निर्वाचन हुँदैछ ।
गत बुधबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा आज मतदान हुने भएको हो । महाधिवेशनले अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयन गर्दैछ ।
आज हुने मतदान विद्युतीय मेसिनबाट हुने बताइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएकाले आज जतिसक्दो छिटो मतदान सुरु गर्ने बताइएको छ ।
निर्वाचनका लागि १ सय वटा भोटिङ मेसिन महाधिवेशनस्थलमा प्रयोग गरिने भएको छ । यीमध्ये ९१ वटामा एकै पटक मतदान गर्न सकिने बताइएको छ ।
निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देन आआफ्नो प्यानल बनाएर होमिएका छन् ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया