

७ महिना २४ दिनपछि कोरोना संक्रमणबाट मृत्यु शून्य


काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ महिना २४ दिनपछि पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्मु नभएको मन्त्रालयले जानकारी गराएको छ । यस रोगबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९२१ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ, भने थप ३४७ जना कोरोनाबाट निको भएका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया