

नौ दिनमा नै ३० देशमा फैलियो ‘ओमिक्रोन भेरियन्ट’


काठमाडौं
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ९ दिनमा नै ३० देशमा फैलिइसकेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ‘ओमिक्रोन’ अमेरिका हुँदै छिमेकी राष्ट्र भारतमा समेत फैलिइसकेको छ ।
विहीबार (हिजो) मात्रै भारतको कर्नाटकमा कोरोनाको ‘ओमिक्रोन’ संक्रमितहरुफेला परेका थिए । अनुसन्धानकर्ताहरुका अनुसार ओमिक्रोनको फैलावट डेल्टा भेरियन्ट भन्दा कयौं गुणा बढी रहेको छ ।
डेल्टा भेरियन्टकै कारण भारत र नेपाललगायतका देशहरुमा कोरोनाको दोस्रो लहर आएको थियो । सबै भन्दा पहिलो दक्षिण अफ्रिका र बोत्सवानामा ‘ओमिक्रोन’को पहिलो केस भेटिएको थियो । यस भाइरसको कुल ५३ म्युटेशन भइसकेको र उसको स्पाइक प्रोटिनमै ३२ म्युटेशन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यसका साथै ओमिक्रोनको रिसेप्टर बाइन्डिङ डोमेनमा पनि १० म्युटेशन भइसकेको छ । त्यसोत, डेल्टा भेरियन्टको स्पाइक प्रोटिनमा १८ म्युटेशन हुने गथ्र्यो । स्पाइक प्रोटिनमार्फत् मानव शरीरमा भाइरस प्रवेश गर्ने गर्छ ।
ग्रिसमा कोरोनाविरुद्धको खोप अनिवार्य :
ग्रिसमा कोरोनाविरुद्धको खोप लगाउन इन्कार गरिरहेका ६० वर्ष भन्दा बढी उमेरकालाई मासिक जरिवाना लाग्नसक्ने बताइएको छ ।
त्यहाँका नेताहरुले यस कठोर नीतिले आफ्नो भोट घट्नसक्ने भएतापनि जनताको ज्यान बच्ने बताएका छन् । ग्रिसमा ६० वर्ष भन्दा बढी उमेरका करिब १७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । एजेन्सी


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया