

बागलुङको एक विद्यालयका ३० जनामा कोभिड संक्रमण


पर्वत
बागलुङको एक विद्यालयका ३० जना विद्यार्थी र शिक्षकहरुमा एकैपटक कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले बिहीबार र शुक्रबार परीक्षण गरेको थियो ।
केहीको एन्टिजेन र केहीको पीसीआर परीक्षण गर्दा एकैपटक ठूलो मात्रामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार १०० जनामा परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो । ‘नयाँ भेरिएन्ट हो कि भनेर जीन सिक्वन्सिङ परीक्षण गर्न केही नमुना काठमाडौं पठाउँदैछौं,’ उनले भने, ‘त्यो नतिजा आएपछि के हो भन्ने पत्ता लाग्छ ।’
कोरोना पुष्टि हुनेमा १७ वर्षमुनिका २१ जना र १७ वर्ष उमेरभन्दा माथिका ९ जना रहेका छन् ।
वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया