

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणको खेल हुँदै

काठमाडौं
शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो ।
उता थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो ।
यसअघि २०७६ मा भएको लिगमा फ्रेण्ड्सले थ्री स्टारलाई पराजित गरेको थियो । फ्रेण्ड्सले यसपटक पनि त्यही इतिहास दोहोर्याउने लक्ष्यमा हुनेछ । फ्रेण्ड्स पहिलो जितको खोजीमा रहँदा थ्री स्टार पनि जितको लयमा फर्कने दाउमा छ ।
उता नवप्रवेशी सातदोबाटोले ए डिभिजन लिगमा गज्जब सुरुआत गरेको छ । त्यही लयलाई कायम राख्ने लक्ष्यसहित सातदोबाटोको हुनेछ । पहिलो खेलमा फ्रेण्ड्ससाग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई हराएको थियो । एपीएफ भने लगातार दुई खेल हार्दै अंकविहीन छ । एपीएफ पहिलो अंक जोड्ने योजनामा हुनेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया