

दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई एक हप्ता क्वरेण्टीन अनिवार्य


काठमाण्डाै
सरकारले दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुहरुलाई एक हप्ता अनिवार्य क्वरेण्टीन राख्ने निर्णय गरेको छ ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनुभयो ।
नेपालले अहिले खोप नलगाइ आउने यात्रुहरूलाई एक हप्ताको क्वरेण्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वरेण्टीन अनिवार्य गरेको छैन । विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।
नयाँ भेरियन्टलाई लिएर उडानहरु कसरी गर्ने लगायतका विषयमा भोलि बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकमा छलफल गरी थप निर्णय गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा नदेखिएको आत्तिन नपर्ने तर सावधानी भने अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो ।
नेपालमै भेरियन्ट पहिचान गर्न सक्ने भएकोले कोरोना सङ्क्रमण देखिएकाहरुको यात्रु विवरणको आधारमा जिन सिक्वेसिङ गरिरहेको अधिकारीले बताउनुभयो । डाक्टर अधिकारीले दक्षिण अफ्रिका, हङकङ लगायतका ठाउँमा देखिएको भेरियन्ट हाम्रो आउन सक्ने सम्भावना रहेकोले सावधानी अपनाइने बताउनुभयो ।
नयाँ भेरियन्टको असर र खोपलाई जित्न सक्नेबारेमा पनि थप अनुसन्धान भैरहेको र अहिले विश्व स्वास्थ्य संगठनले नै सङ्क्रमणको उच्च जोखिम भनेकाले सबैले सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया