

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी : प्रधानमन्त्री देउवा



काठमाण्डाै
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।
चितवनमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले एमालेलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
‘कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताकाे रक्षा गर्नुका साथै समृद्ध देश बनाउनका लागि सबै दलकाे सहयाेग आवश्यक पर्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयाे ।
प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू ‘जेलमेट’ भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने पनि बताउनुभयो ।
उहाँले सबै नागरिकलाई खोप पुर्याउन सरकार प्रतिबद्ध रहेको र नागरिकको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया