

आज मलेशियासँग खेल्दै नेपाल


काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज मलेशियाको सामना गर्दैछ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो चौथो खेलमा नेपाली टोलीले आज मलेशियासँग प्रतिस्पर्धा गर्न लागेको हो।
आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो भने तेस्रो खेलमा कुवेतमाथि फराकिलो जित निकालेको थियो। शीर्षस्थानमा रहँदै विश्वकप यात्रालाई जारी राख्नका लागि नेपाल बाँकी खेलमा जित्नैपर्ने दवाबमा हुनेछ।
विश्वकप छनोटका लागि नेपाल, युएई, मलेसिया, हङकङ, भुटान र कुवेत प्रतिस्पर्धामा छन्। जसमध्ये सबै टोलीले तीन खेल खेल्दा यूएई तीनवटै खेलमा जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ। त्यसबाहेक नेपाल र हङकङले दुई खेलमा जित र १ खेलमा पराजय ब्यहोर्दै दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै समान २ हार र १ जित निकालेका मलेशिया र भुटान चौथो र पाँचौं स्थानमा रहँदा जितविहीन कुवेत तालिकाको पुछारमा छ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया