

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड





काठमाण्डाै
एनसेलले सञ्चालन गरेकाे टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमले दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाएकाे छ ।
एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य सेवाबाट वञ्चित समुदायहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएकाे कार्यक्रमले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएकाे हाे ।
कम्प्युटर एसाेसिएशन नेपाल (क्यान) महासङ्घले यही शुक्रवार काठमाण्डौमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई पुरस्कार हस्तान्तरणगर्नु भएकाे हाे।
वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ् इण्डष्ट्री अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासङ्घले नेपालको प्रतिनिधित्व गर्दछ ।
विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गएकाे कार्तिक २७ गते बङ्गलादेशको ढाकामा आयोजित एक कार्यक्रम माझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधाअन्तर्गत जितेको हो ।
त्यस्तै गएकाे कार्तिक २६ गते ढाकामा आयोजित वर्ल्ड कङ्ग्रेस अन इन्फर्मेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ सङ्घसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।
यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्यकेन्द्रहरुमा लागू गरी सकिएको छ । यस कार्यक्रमअन्तर्गत नागरिकले आफ्नै स्थानीय स्वास्थ्यकेन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् ।
स्वास्थ्य कार्यक्रम चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, सोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा सञ्चालन भइरहेको छ ।
यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थप्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित छ । टेलिमेडिसिन अन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराइ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिन्छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया