

बंगलादेशसँगको टी–ट्वेण्टी श्रृङ्खला पाकिस्तानले जित्यो

काठमाण्डाै
बंगलादेशसँगको टी–ट्वेण्टी श्रृङ्खला पाकिस्तानले जितेको छ । आज भएको दोस्रो खेल आठ विकेटले जितेसँगै पाकिस्तानले तीन खेलको श्रृङ्खला एक खेल अघि नै जितेको हो ।
आज ढाकामा बंगलादेशले दिएको एक सय नौ रनको सामान्य लक्ष्य पाकिस्तानले ११ बल अघि मात्रै दुई विकेट गुमाएर भेटायो । पाकिस्तानका लागि फखर जमानले नटआउट ५७ र मोहम्मद रिजवानले ३९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय आठ रन मात्रै बनायो ।
बंगलादेशलाई कम स्कोरमा समेट्न पाकिस्तानका शाहिन अफ्रिदी र शदाव खाँनले २/२ विकेट लिए । तीन खेलको टी–ट्वेण्टी र दुई खेलको टेष्ट श्रृङ्खला खेल्न पाकिस्तान बंगलादेशको भ्रमणमा रहेको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया