

रुपन्देहीमा कांग्रेसका दुई पक्षबीच झडप


रुपन्देही।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणनाका क्रममा झडप भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको भैरहवामा भएको झडपमा पाँच जना घाइते भएका छन् । घाइते भएकामध्ये क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अरुको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
मतगणना स्थलमा संस्थापन पक्षले आक्रमण गरेको नेता रामचन्द्र पौडेल पक्षको आरोप छ । विवादका कारण मतगणना स्थगित भएको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताउनुभयो । प्रदेश (३ क) मा संस्थापन पक्षबाट सुरेन्द्र जङ्ग थापा र नेता पौडेल पक्षबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया