

पहिलो टी–२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो


काठमाण्डाै – भारतले पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्डलाई हराएको छ । जयपुरमा गएराति भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो ।
जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए ।
टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय पारी खेले ।
गुप्टिलले ७० तथा मार्कले ६३ रन जोडे । भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २/२ विकेट लिए । दीपक चाहर र मोहमद सिराजले १/१ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया