

२४ घण्टामा १ लाख जनाभन्दा धेरैले लगाए काेराेनाविरुद्धकाे खाेप


काठमाण्डाै
पछिल्लो २४ घण्टामा एक लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । २४ घण्टामा एक लाख एक हजार सात सय ६१ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
याेसँगै नेपालमा अहिलेसम्म ७६ लाख ७५ हजार आठ सय ९९ जनाले पूर्ण मात्रा र ८९ लाख ६१ हजार आठ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । समग्रमा नेपालमा एक करोड ६६ लाख ३७ हजार मात्रा भन्दा धेरै खोप लगाइएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा थप चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार नौ सय ९३ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४३ प्रतिशत अर्थात् चार सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै थप दुई सय दुई जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार नौ सय १६ पुगेको छ ।
यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ८३ पुगेको छ ।
नेपालमा अहिले सात हजार ६ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया