

कपिलवस्तुमा मंसिर ५ बाट लगाईदैँ हैजा बिरुद्धको भ्याक्सिन


कपिलवस्तु ।
कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन गरिने भएको छ । अभियानलाई सार्थकता दिन आउने मंसिर ५ गते देखि जिल्लाका हैजा प्रभावित पालिकामा हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन लगाईने भएको हो । स्वास्थ्य कार्यालयद्धारा तौलिहवामा आयोजित पत्रकार अन्तरक्रिया कार्यालयमा कार्यालय प्रमुख हेमराज पाण्डेयले हैजाबाट सुरक्षित हुन र संभावित मृत्युलाई रोक्न आउने मंसिर ५ गतेबाट जिल्लाको यशोधरा गाउपालिकाबाट भ्याक्सिन लागउने कार्यको थालनी गरिने बताए । उनले अन्य ४ पालिकाहरु कृष्णनगर, महाराजगंज शिवजराज नगरपालिका र बिजयनगर गाउँपालिकामा आउने मंसिर ७ देखि १२ गते सम्म खोप अभियान संचालन हुने पाण्डेयले बताए । जिल्लाका ५ पालिकामा खोप लागउनका लागि २ लाख ५२ हजार ३६३ कलोरा खोप आउन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए । कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महाराजंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, बिजयनगर गाउपालिकालाई ३५ हजार ९०३ र यशोधरा गाउपालिकालाई ३७ हजार ७८३ जनालाई खोप लागईने छ । झाडा पखाला प्रभावित ती ५ पालिकामा हैजा प्ुष्टी भएको थियो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया