

विप्लवद्वारा नेपाल बन्दको आक्रामक तयारी



काठमाडौं
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको छ । उसले बन्द अवज्ञा गर्नेविरुद्ध बल प्रयोग गर्ने रणनीति समेत बनाएको बुझिएको छ ।
पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द घोषणा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक आव्हान गरिएको हो । यसकारण पनि विप्लवले भोलिको बन्दलाई शक्ति प्रदर्शनका रुपमा लिएको बुझिएको छ ।
विप्लवले भोलिको बन्दमा सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन् । उनले भोलि शक्ति प्रदर्शन गरेर आफ्नो प्रभाव समेत देखाउने रणनीति बनाएको बुझिएको छ ।
विप्लवले बन्दको पर्चा समेत छर्न लगाएका छन् । विशेषगरी शहरी क्षेत्रमा पर्चा व्यापक गरेर बन्द पूर्ण रुपमा सफल बनाएर आफू मजबुत रहेको देखाउन खोजेका छन् ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया