

टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जित्यो



न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो ।
न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ७७ र डेभिड वार्नरले ५३ रन जोडे । कप्तान आरोन फिन्च ५ रनमै आउट भए भने ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले ८५, मार्टिन गुप्टिल २८, ग्लेन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन बनाए । यस्तै जेम्स निसले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन जोडे ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया