

ढाकामा विमान चढ्न नपाएपछि बसबाट नेपाल फर्किँदै महिला क्रिकेट टोली



काठमाडौँ
बंगलादेशको ढाकाबाट नेपाल फर्किने क्रममा विमान चढ्न नपाएपछि नेपाली महिला क्रिकेट टोली बस चढेर नै नेपाल फर्किन लागेको छ । बंगलादेशमा मैत्रीपूर्ण क्रिकेट खेल्न गएको नेपाली राष्ट्रिय महिला टोली कोभिड परीक्षणबिनै स्वदेश फर्किन ढाका विमानस्थल पुगेपछि विमान चढ्न नपाएका हुन् ।
पूर्वनिर्धारित हिमालय एयरलाइन्सको उडानबाट बिहीवार नेपाल फर्किन लागेको नेपाली महिला क्रिकेट टोली लाई बसमा भारतको बाटो हुँदै शुक्रवार नेपाल ल्याउने विकल्प रोजिएको क्यानले जनाएको छ ।
क्यानका अनुसार स्थानीय आयोजकहरूले नेपाली खेलाडीको टीमलाई स्पष्टसँग त्यहाँको व्यवस्था नभनेको र विमानस्थल पुग्दा उड्डयन अधिकारीहरूले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट मागेको बताइएको छ, जुन रिपोर्ट नेपाली टोलीसँग थिएन।
नेपाल आउने अर्को सीधा उडान आइतवार रहेको र सोही दिन नेपाली टोली कतार जानुपर्ने भएकाले बसबाट आउनुपरेको हो । खेलाडी र व्यवस्थापकसहित १८ जनाको टोली काकडभित्तासम्म झन्डै १० घण्टा बसयात्रा गरेर आइपुग्नेछ। त्यसपछि भद्रपुरबाट विमानमा काठमाडौँ आउने बताइएको छ।
साथै क्यानले उक्त घटना कयानका लागि एउटा पाठ भएको अनि त्यस्तो चुक कसरी भयो भनेर आफूहरूले छानबिन गर्ने बताएको छ ।
साथै क्यानले नेपाली टोलीको अपमान कसैबाट नभएको बरु आफहरुकको व्यवस्थापकीय कमजोरीका कारण उक्त घटना भएको हुनसक्ने बताएका छन् ।
विश्वकप एशिया छनोटकोप तयारीका लागि तीन मैत्रीपूर्ण खेल खेल्न नेपाली महिला टोली बंगलादेश पुगेको थियो।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया