

खोप प्रमाणीकरणको जिम्मा अब पालिकालाई


काठमाण्डाै
क्यूआर कोडसहितको खोप प्रमाणीकरण अब पालिकाबाटै हुने भएको छ ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा केन्द्रबाट हुँदा समस्या भएपछि यसको जिम्मेवारी पालिकाहरुलाई दिइएको हो । गएको कात्तिक १७ गतेदेखि पालिकाहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणको जिम्मेवारी पाए पनि यो सेवा अझै प्रभावकारी हुन सकेको छैन ।
विदेश जानको लागि खोप प्रमाणीकरण आवश्यक पर्ने, तर आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहुने धेरैको गुनासो छ । तर सरकारले भने सबै प्रक्रिया पूरा गरेमा चौबीस घण्टाभित्रै खोप प्रमाणीकरण हुने बताएको छ ।
सबै प्रक्रिया पूरा गरेर अनलाइन आवेदन भर्दा पनि प्रमाणीकरणमा समस्या भयो भने आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ ।
महाशाखा अन्तर्गतको खोप प्रमाणीकरणका फोकल पर्सन तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाका अनुसार हरेक नागरिकले सहज रुपमा खोप प्रमाणीकरणको प्रमाणपत्र पाउन भनेर पालिकाको स्वास्थ्य शाखालाई जिम्मेवारी दिइएको छ ।
विदेश जानेहरुलाई क्यूआर कोडसहितको खोप प्रमाण पत्र र पीसीआरको रिपोर्ट अनिवार्य गरिएको छ । अनलाइनमा फारम भर्दा पासपोर्टको स्क्यान कपी, पासपोर्ट साइजको फोटो, खोप कार्डको फोटो र कबुलियत नामा अनिवार्य पेस गर्नुपर्छ ।
फारम भरिसकेपछि २४ घण्टाभित्रमा आवेदन प्रक्रियामा जाने झाले जानकारी दिनु भयो । अनलाइनबाटै खोप प्रमाणीकरणको प्रमाण पत्र लिन सकिने र यसको लागि कहीँ जान नपर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।
(खाेप प्रमाणीकरणसँग सम्बन्धित कुराकानी काेराेना क्याप्सुलमा सुन्नुहाेस्। )


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया