

ए डिभिजन लिग तीन दिन पर सर्यो


काठमाण्डौँ
अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग तीन दिन सरेको छ । बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई तीन दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो ।
एन्फा मुख्यालयमा आयोजित कान्तिपुर टेलिभिजनसँग लिगको प्रसारण अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई तीन दिन पर सारेकाे जनाएको छ ।
एन्फाले क्लबहरुसँगको छलफलपछि लिगका खेलहरु सातामा तीन दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेलाउनेसमेत जनाएको छ ।
यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन हुने भएको हो । यसअघि २९ कात्तिकमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो ।
१४ क्लबको सहभागिता रहने लिगको अन्तिम दुई टोली रेलिगेसन (बढुवा) हुनेछन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया