

न्युजिल्यान्ड पुग्यो पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा



काठमाण्डौ । न्युजिल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको हो ।
जितको लागि १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ बल अगाडि नै ५ विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ७२ रनमा अविजित रहे । न्युजिल्यान्डकाडेभन कन्वेले ४६ तथा जेम्स निसामले २७ रन जोडे । इङ्ग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले समान २र२ तथा आदिल रासिदले एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । इङ्ग्ल्यान्डका मोइन अली ५१ रनमा अविजित रहे । डेविड मलानाले ४१ र जोस बटलरले २९ रन जोडे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्स नासमले समान १र१ विकेट लिए।
यसअघि न्युजिल्यान्ड सन् २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१६ को सेमिफाइनल खेलमा न्युजिल्यान्ड इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।
दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । न्युजिल्यान्डले उपाधिका लागि आइतवार आजको विजेतासँग खेल्नेछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया