

महाधिवेशन प्रतिनिधी सहमतिमै छान्ने एमाले रुपन्देहीको तयारी


बुटवल ।
नेकपा एमाले रूपन्देहीले कात्तिक २७ गते पार्टीका महाधिवेशन प्रतिनिधि एकसाथ छनोट गर्ने भएको छ ।
एमाले रूपन्देहीको मंगलवार बसेको बैठकले १६ हजार ३१० पार्टी सदस्यको संलग्नतामा ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्ला स्तरमा प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्यहरू र पालिका पदाधिकारी समेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्न निर्देशन समेत दिएको जानकारी दिए ।
एमालेको १०औं महाधिवेशन आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ । प्रतिनिधि सर्वसम्मत रूपमा छनौट गर्ने प्रयास हुने चापागाईंले बताए ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया