

प्राइम कमर्सियल बैंकले १६.६३ प्रतिशत बोनस लाभांश दिने


काठमाडौं
प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आ. व. २०७७/७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सयको १६ प्रतिशत अर्थात २ अर्ब ५७ करोड ३२ लाख ८५ हजार ९ सय ४ बराबरको बोनस शेयर तथा ०.६३१३ प्रतिशत अर्थात रु.१० करोड १५ लाख ३२ हजार २ सय ११.९५ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारणसभाको छलफलमा समावेश गरिनेछ।
प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि योग्य शेयरधनीले दाबी गर्न पाउनेछन्।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया