

थप ३ सय ९० जनामा काेराेना सङ्क्रमण, ४ सय २५ जना निकाे





काठमाण्डाै
पछिल्लो २४ घण्टामा थप तीन सय ९० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
पाँच हजार २६ जनाको नमुना परीक्षण गर्दा सात दशमलव ७५ प्रतिशत अर्थात् तीन सय ९० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार नौ सय २९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार आठ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै २४ घण्टामा चार सय २५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९५ हजार आठ सय २२ पुगेको छ ।
यही अवधिमा काेराेना सङ्क्रमणबाट पाँच जनाको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ५३ पुगेको छ ।
यस्तै २४ घण्टामा एक हजार नौ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ७४ लाख ३६ हजार सात सय १४ जनाले पूर्ण मात्रा र ८७ लाख ३६ हजार पाँच सय ३२ जनाले कम्तीमा एक मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया