

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ८ हजारभन्दा तल झर्याे





काठमाण्डाै
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय ६३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय १३ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको यो पहिलो पटक हो । नेपालमा अहिलेसम्म सात लाख ९५ हजार तीन सय ९७ जना कोरोनाबाट निको भएका छन् ।
यस्तै २४ घण्टामा थप एक सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार तीन सय ३३ जनाको नमुना परीक्षण गर्दा ६ दशमलव १२ अर्थात् एक सय ४३ जनामा सङ्क्रमण देखिएको हो ।
आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १४ हजार पाँच सय ५८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यही अवधिमा नाै जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ४८ पुगेको छ ।
हिजाे शनिवार तिहारकाे भाइटीका परेकाले पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया