

आईसीसी टी-२० विश्वकप : समूह एबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

काठमाडौं
आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् ।
सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् ।
शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
शनिबार राति भएको पहिलो खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई हराएर ८ अंक जोडेको थियो भने दोस्रो खेलमा साउथ अफ्रिकाले शीर्ष स्थानमा रहेको इंग्ल्याण्डलाई हराएर ८ अंक नै जोडेको थियो । इंग्ल्याण्डले भने अन्तिम खेलअघि नै ८ अंक जोडेको थियो ।
यो समूहमा तीन टिमले समान ८/८ अंक जोडे पनि रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा रहँदै इंगल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका हुन् । तेस्रो स्थानमा रहेको साउथ अफ्रिका भने अभागी बन्दै समूह चरणबाटै बाहिरिनु पर्यो ।
यो समूहका बंगलादेश, श्रीलंका र वेष्ट इन्डिज भने यसअघि नै समूह चरणबाट बाहिरिसकेका थिए । चौथो स्थानमा रहेको श्रीलंकाले चार, पाँचौं स्थानमा रहेको वेष्ट इन्डिजले दुई जोडेका थिए भने बंगलादेश एक खेल नजितेर बाहिरिएको हो ।
समूह बीको भने सेमिफाइनल पुग्ने टिमको अझै टुंगो लागिसकेको छैन् । यो समूहका सबै टिमले एक/एक खेल खेल्न बाँकी छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया