

बुटवलको धुलाम्य सडकबाट युवाहरुको आवाज : सरकार तिमी कुन बाटो हिड्छौँ ?


बुटवल ।
रुपन्देहीको मुख्य बजार स्थित बुटवलको अस्पताललाईन क्षेत्रको मुख्य सडक विग्रिएको महिनौँ भयो तर सम्बद्ध पक्षले बनाएन । दिनहुँ हजारौँ सवारी साधन सहितका यात्रुहरु ओहोर दोहोर गर्ने सो सडक हाल दिनहुँ धुलाम्मे हुने गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख हजारौँ सर्वसाधरण हजारौँ ओहोर–दोहोर गर्ने राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक कुनै गाम्रीण क्षेत्रको सडक भन्दा कम छैन् । सो क्षेत्रमा सयौँको संख्यामा खाल्डाखुल्डी छन्, धुलै धुलो छ । यही खाल्डा खुल्डीका कारण सो क्षेत्रमा सवारी दुर्घटना समेत भएका छन् । सडकको निर्माण गर्नका लागि विभिन्न संघ संस्था, स्थानीय नागरिक लगायतले पटक–पटक स्थानीय, प्रदेश सरकार, संघीय सरकारलाई आग्रह गर्दैै ज्ञापनपत्र बुझाएका छन् ।सडकको निर्माण तत्काल गर्नका लागि दवाब दिन सामाजिक कार्यमा क्रियाशिल विभन्न संस्थाले सांस्केतिक रुपमा विरोध गरेर सरकारको ध्यानाकर्षण गराएका छन् ।
सडकको निर्माण गर्नका लागि विभिन्न संघ संस्था, स्थानीय नागरिक लगायतले पटक–पटक स्थानीय, प्रदेश सरकार, संघीय सरकारलाई आग्रह गर्दैै ज्ञापनपत्र बुझाएका छन् । तर, सम्बन्धीत निकायले भने लामो समयसम्म पनि सडक निर्माणका लागि चासो दिएको छैन् । सडकको निर्माण तत्काल गर्नका लागि दवाब दिन सामाजिक कार्यमा क्रियाशिल विभन्न संस्थाले सांस्केतिक रुपमा विरोध गरेर सरकारको ध्यानाकर्षण गराएका छन् ।

इको यात्री, टिम नेपो, अल केयर नेपाल र आइकोनिक बुटवलले बिहीबार बुटवलको पुष्पलाल पार्कमा सांस्केतिक रुपमा विरोध गर्दै निर्माणका लागि सम्बन्धीत निकार्यको ध्यानाकर्षण गराएका हुन् । बिहीबार बुटवलको प्रदुषण उच्च रहेकाले सडकमै अक्सिजन सिलिन्डर राखेर सरकारलाई तत्काल सडक निर्माण गर्न दबाब दिन विरोध कार्यक्रम गरिएको कार्यक्रम संयोजक समुन्द्र घिमिरे क्षेत्रीले बताए ।
‘यो सडक हो कि मान्छे मार्ने पासो? जति दुर्घटना भए पनि छैन सरकारलाई चासो लेखिएको ब्यानरसहित युवाहरुले प्रर्दशन गरेका थिए । प्रर्दशनमा ‘सरकार जलाउन सक्छौ भने तिहारको दिन दियो जलाई जनताको मन नजलाउ’,‘म मरेको होइन म मारिएको हो । मान्छे न्याय माग्न अदालत जान्छन् म बोल्न नसक्ने प्राणी कहाँ जाउँ?’,‘ सरकार तिमी कुन बाटो हिड्छौँ?’, आमा बन्ने खुसीमा अस्पताल आए, बाटोको कारण ६ महिनाको बच्चा गुमाए’ लगायतका प्ले कार्डसहित प्रर्दशन गरेका थिए । प्रर्दशनमा सडक दुर्घटनामा परी घाइते भएको अभिनय समेत प्रस्तुत गरेका थिए ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया