

पाल्पामा रूख ढलेर लाग्दा एक जनाको ज्यान गयो


पाल्पा । पाल्पामा बरको रूख ढलेर लाग्दा बिहीवार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नम्बर १४ अर्गलीका ५० वर्षीय लक्षमणप्रसाद पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।
आज बिहान तानसेन नगरपालिका(१३ छेर्लुङस्थित आफन्तको घरमा जाँदै गर्दा उनलाई कालीगण्डकी कोरिडोर नजिकै रहेको कुरुङ खोला तर्ने क्रममा एक्कासी माथिबाट बरको रूख ढलेर लागेको थियो।
करिब २० मिटर तल खोलामा बासको झ्याङमा अड्किएको अवस्थामा बिहान सवा ९ बजे तिर शव फेला परेको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया