

पाल्पामा रूख ढलेर लाग्दा एक जनाको ज्यान गयो



पाल्पा । पाल्पामा बरको रूख ढलेर लाग्दा बिहीवार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नम्बर १४ अर्गलीका ५० वर्षीय लक्षमणप्रसाद पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।
आज बिहान तानसेन नगरपालिका(१३ छेर्लुङस्थित आफन्तको घरमा जाँदै गर्दा उनलाई कालीगण्डकी कोरिडोर नजिकै रहेको कुरुङ खोला तर्ने क्रममा एक्कासी माथिबाट बरको रूख ढलेर लागेको थियो।
करिब २० मिटर तल खोलामा बासको झ्याङमा अड्किएको अवस्थामा बिहान सवा ९ बजे तिर शव फेला परेको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया