

गाई पाल्न छोडेपछि गाई पुज्न आश्रमको भर

दाङ ।
तिहारमा गाई पुज्ने धार्मिक परम्परा छ । तर, घर वरपर गाई नभेटेपछि आश्रममा पालिएका गाई पुज्नुपर्ने बाध्यता आएको छ । दाङ बनगाउँमा रहेको स्वर्गद्धारी आश्रममा पालिएका गाई पुजेर धर्मसंस्कृति जोगाउनु परेको स्थानीय मायाँ पौडेलले बताइन् । ‘गाई पाल्न छाडियो उनले भनिन्, गाउँ घरमा भेटिन पनि छाडे गाई । अहिले आश्रममा आएर पुजा गर्नु परेको छ।’
पछिल्ला केही वर्ष यता गाईपालन प्रति किसानको मोह घट्दो छ । पालिएका गाई पनि किसानले बेवारिसे छोड्ने गर्छन् । लक्ष्मीपूजामा गाईको पूजा गर्नुपर्ने धार्मिक प्रचलन अनुसार नागरिकहरुको घुईँचो स्वर्गद्धारी आश्रममा देखियो । आश्रममा एक सय बढी गाई छन् । आश्रममा पालिएका गाईलाई समेट आहारा पु¥याउन नसक्दा हरेक वर्ष गाईको संख्या घट्दो छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया