

रुपन्देहीमा राति ९ बजे सम्म देउँसी खेल्न अनुमति


बुटवल ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउँसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा देउँसी भैलो लगायतका परम्परागत साँस्कृतिक कार्यक्रम राति ९ बजेसम्म स्थानीय रुपमा सीमित संख्यामा सहभागी भई स्वास्थ्य मापदण्डको पालना गरेर खेल्न आग्रह गरिएको छ ।
धार्मिक साँस्कृतिक र सामाजिक सहिष्णुता कायम गरी चाडपर्व मनाउन र चाडपर्व मनाउँदा सरकारले तोके बमोजिम तथा जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञामा उल्लेख भए बमोजिमका मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
समाजमा अशान्ति फैलाउने किसिमका आतिसबाजी, पटका पड्काउने, सो को अवैध बेचबिखन गर्ने, विष्फोटक पदार्थ आयात एवं बिक्री वितरण गर्ने कार्य पनि प्रशासनले निषेध गरेको छ । अखाद्य वस्तुको बिक्री नगर्न, मूल्यवृद्धि र कालोबजारी नगर्न, मदिराजन्य पदार्थको सेवन गरी होहल्ला गर्ने कार्य नगर्न पनि प्रशासनले सम्बद्ध सबैमा अनुरोध गरेको छ । कानुन विपरितका क्रियाकलाप भए गरेको पाइए कारवाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै







प्रतिक्रिया