

टि–२० विश्वकप : इंग्ल्यान्ड सेमिफाइनलमा पुग्यो



लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुपर १२ को समूह ‘१’ मा रहेको इंग्ल्यान्डले सोमबारराति श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।
इंग्ल्याण्डले दिएको १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका वानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिए । भानुका राजापाक्षे र दासुन सनाका २६र२६ रनमा आउट भए ।
इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र मोईन अलीले २र२ विकेट लिदा क्रिस वोक्स र लियाम लिभिङस्टोनको नाममा १र१ विकेट रह्यो । श्रीलंकाका २ ब्याट्सम्यान रन आउट भएका थिए ।
त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
इंग्ल्यान्डका ओपनर जोस बटलरले ६७ बलमा समान ६ चौका र छक्कासहित १०१ रनको अविजित शतकीय इनिङ खेलेका थिए । उनको यो टि–२०अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।
इंग्ल्यान्डबाट यसअघि एलेक्स हेल्स, डेबिड मलान र लियाम लिभिङस्टोनले टि–२० अन्तर्राट्रियमा शतक प्रहार गरेका थिए ।
बटलरले पहिलो पारीको अन्तिम बलमा तीव्र गतिका बलर दुश्मन्था चामिरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । योसँगै उनी इंग्ल्यान्डबाट तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
ओइन मोर्गन ३६ बलमा १ बलमा चौका र ३ छक्कासहित ४० रनमा आउट भए ।
खराब सुरुवात गरेको इंग्ल्यान्ड एक समय इंग्ल्यान्ड ३५–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि मोर्गन र बटलरले ११२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्याएका हुन् ।
श्रीलंका वानिन्दु हसरंगाले ३ र दुस्मन्था चामिराले १ विकेट लिए ।
इंग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ तथा दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अष्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो ।
पहिलो चरणमा समूह ‘ए’ को विजेता श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । उसले दोस्रो अष्ट्रेलियासँग ७ तथा तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो ।
इंग्ल्यान्डले शनिबार अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ । श्रीलंकाले बिहीबार आफ्नो अन्तिम खेल वेस्टइन्डिजसँग खेल्नेछ । सेमिफाइनलमा इंग्ल्यान्डले सुपर १२ को समूह ‘२’को उपविजेतासँग खेल्नेछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया