

एमालेमा पार्टी फुटको प्रत्यक्ष असर : गुमे केन्द्र देखि प्रदेश सम्मका सबै सरकार



काठमाण्डौ । प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले शून्यमा झरेको छ । आज सोमवार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ ।
प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा पुगेको हो । प्रदेश १, वाग्मती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमालेबाट माधवकुमार नेपाल समूह फुटेर नयाँ दल गठन गरेसँगै एमाले सत्ताबाट पनि बाहिरिएको हो ।
गण्डकीमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाडेपछि एमाले सत्ता गुमाउन बाध्य भएको थियो । अल्पमतमा परेपछि यसअघि नै वाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिइसक्नुभएको छ ।
अब प्रदेश १ मा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बढाउने तयारी छ । वाग्मतीमा अहिले समाजवादीकै राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुभएको छ । वाग्मतीमा आलोपालोको सहमतिअनुसार केही समयपछि नेपाली कांग्रेसले मुख्यमन्त्री पाउनेछ ।
गण्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभएको छ भने लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री हुनुहुन्छ । कर्णाली र सुदूरपश्चिममा सुरुदेखि नै माओवादीका महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ ।


खबर सबै
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै







प्रतिक्रिया