

टी-ट्वान्टी विश्वकप : भारतको दोस्रो लज्जास्पद हार



न्यूजिल्याण्डविरुद्ध भारत ८ विकेटले पराजित भएको छ। आइतबार राति दुबईमा भारतले दिएको १ सय ११ रनको लक्ष्य न्यूजिल्याण्डले १४।३ ओभरमा २ विकेट गुमाएर भेट्टायो।
उसका लागि डेरिल मिचेलले उत्कृष्ट बलिङ गरे। उनले ३५ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४९ रन बनाए। उनी १ रनले अर्धशतक बनाउन चुके।
यस्तै, कप्तान केन केन विलियम्सनले अविजित ३३, मार्टिन गुप्टिलले २० र डेभन कोनवेले नटआउट २ रनको योगदान दिए।
बलिङमा जसप्रीत बुमराहले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो।
उसका लागि रवीन्द्र जडेजाले अविजित २६, हार्दिक पाण्ड्याले २३, केएल राहुलले १८, रोहित शर्माले १४, ऋषभ पन्तले १२, कप्तान विराट कोहलीले ९ र इशान किशनले ४ रन बनाए।
न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र २० रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले इशान, हार्दिक र शार्दुल ठाकुर ९०० को विकेट लिएका हुन्।
यस्तै, ईश सोधीले २ तथा एडम मिल्ने र टिम साउथीले १–१ विकेट हात पारे। सुपर–१२ मा समूह २ मा रहेको भारतको यो दोस्रो लज्जास्पद हार हो। यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।
हारसँग अब भारतको सेमिफाइनल यात्रा पनि कठिन बनेको छ। यो समूहमा पाकिस्तान लगातार तीन खेलमा जित निकाल्दै ६ अंकका साथमा शीर्ष स्थानमा छ। पाकिस्तान सेमिफाइनल नजिक पुगिसेको छ।
अफगानिस्तानले तीन खेलमा २ मा जित र १ खेलमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। आजको जितपछि न्यूजिल्याण्ड तेस्रो स्थानमा उक्लिएको छ। न्यूजिल्याण्डले २ खेलमा १ जित र १ हार भोगेको छ।
आजको खेलमा जित निकालेको न्यूजिल्याण्डले अब अफगानिस्तान, नामिबिया र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छन्। यी तीनै खेलमा जित निकाले न्यूजिल्याण्डको ८ अंक हुनेछ। भारतले अब तीन खेल खेल्न बाँकी छ।
उसले पनि अफगानिस्तान, नामिबिया र स्कटल्याण्डसँग खेल्नेछ।
तीनै म्याच जिते पनि भारतको ६ अंक मात्र हुनेछ। त्यसैले भारतको विश्वकप यात्रा लगभग सकिएको छ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया