

पाकिस्तानको लगातार तेस्रो जित


काठमाडौं ।
कप्तान बाबर आजमको अर्धशतक तथा असिफ अलीको आक्रामक ब्याटिङ प्रेरित पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई पाँच विकेटले हराएको छ । पाकिस्तानको यो लगातार तेस्रो जित हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पाकिस्तानमा पाँच विकेट गुमाएर १९ ओभरमा पूरा गरेको थियो ।
जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि लगातार दुई खेल जितेको अफगानिस्तानको यो पहिलो हार हो । जितसँगै ६ अङ्क जोडेको पाकिस्तान सुपर–१२ मा समूह दुईको शीर्ष स्थानमा यथावत छ । अफगानिस्तान पनि दुई अङ्कका साथ दोस्रो स्थानमा कायमै छ । पाकिस्तानले यसअघि भारतलाई दस र न्युजिल्यान्डलाई पाँच विकेटले हराएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया