

टी–ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार जित

काठमाडौं
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले दोस्रो जित निकालेको छ। दुबईमा बिहीबार राति सम्पन्न खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य पछयाउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रन बनाए। कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए। त्यसैगरी, स्टिभ स्मिथ २८ तथा मार्कुस स्टोनिसले १६ रनमा अविजित रहे। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो।
श्रीलंकाका लागि कुशल परेरा र चारिथ असलंकाले समान ३५ रन बनाउँदा भानुका राजपाक्षे ३३ रनमा अविजित रहेका थिए।
अष्ट्रेलियाका मिचेल मार्स, पाट कमिन्स र एडम जाम्पाले समान २/२ विकेट लिए।
जितसँगै अष्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको अष्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ।
पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो।
पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको श्रीलंकाको सुपर १२ मा यो पहिलो हार हो। समान खेलबाट २ अंक जोडेको श्रीलंका चौंथो स्थानमा रहेको छ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया