

एमाले सांसदले गरे लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् ।
सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका थिए। अहिले एमालेका प्रदेश सभा सदस्यहरूले नाराबाजी गरिरहेका छन् ।
बिहीबारको बैठकमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू-संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भइ निर्णयार्थ पेस हुने कार्यसूची रहेको थियो ।
एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला ओली खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया