

अल्मुतारी थप तीन वर्ष मुख्य प्रशिक्षकका रुपमा नेपालमा रहने


राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी थप ३ वर्ष नेपालमै रहने भएका छन् । अलमुताइरीले सामाजिक सञ्जालमार्फत् थप ३ वर्ष टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने जानकारी गराएका हुन् ।
कतारमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फूटबल संघसँग भएको छलफलपछि नेपाली टोलीसँग सम्झौता थप गर्ने निर्णयमा पुगेको उनले बताए । अब छिट्टै २ वर्षको योजना प्रस्तुत गर्ने योजना रहेको उनले बताए ।
यसबीचमा नेपालले एएफसी एसियन कपको तेस्रो चरण खेल्ने तालिका पनि छ । कतार फूटबल संघको सहयोगमा गत चैतमा नेपाल आएका अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया