कृष्णनगरमा फैलिएको हैजा नियन्त्रणमा आएन, फैलियो जिल्ला बाहिर पनि

कपिलवस्तु ।
गत असोज १८ गते कृष्णनगर नगरपालिकाको ३ वटा बाडामा देखिएको झाडापखालको प्रकोप छिमेकी पालिकाहरुमो समते फैलिदै गएको छ । कृष्णनगरको वडा नम्बर ७, ८ र ९ मा देखिएको प्रकोप छिेमेकी पालिकाहरु महाराजगंज, शिवराज , बुद्धुभुमी नगरपालिका तथा यशोधरा र बिजयनगर गाउपालिकामा समेत झाडा पखालका बिरामीहरु फेला परेका हुन ।

स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय अनुसार खुला ठाउमा दिशा गर्ने र दुषित पानी खाने गरिएकाले कपिलवस्तुमा झाडा पखालको प्रकमोप भुस झै फैलिदै गएको बताए । झाडा पखालका बिरामीहरु अन्य पालिकामा जाने गरेको तथा खुला ठाउमा दिशा गर्ने चलन अझै नहटेकोले बिस्तारै जिल्लामा झाडा पखालको प्रकोप फैलिदै गएको बताए । ‘ यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भयावह स्थिति आउने निश्चित छ ’ उनले भने । शिवराज अस्पतालका निमित्त मेसु मुकेश कुमार चौधरीले अस्पतालमा झाडापखालका महाराजगंज, शिवराज, बुद्धुभुमी नगरपालिका र बिजयनगर गाउपालिकाका बिरामी समेत उपचारकालागि आउने गरेको बताए । उनले बिस्तारै झाडा पखालको प्रकोप छिमेकी पालिकाहरुमा समेत फैलिन सुरु गरेको बताए । उनले बेलैमा यसको नियन्त्रण गरिएन भने स्थिति गाह्रो हुने बताए । कृष्णनगरको शिवराज अस्पतालमा सोमवार सम्म झाडापखालको १ हजार ४९ जना बिरामीले उपचार गराएका छन । त्यस मध्ये १ हजार ९२ जना निको भई घर फर्कको अस्पतालका निमित्त मेसु मुकेश कुमार चौधरीले बताए । ४३ जना कपिलवस्तु अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटलमा रिफर गरिएको थियो । कृष्णनगर नगरपालिकामा झाडा पखालकाबाट ३ जना बालबालिक र एक पुरुष गरी ४ जनाको मृत्यु भएको थियो । स्थानीयले भने ६ जनाको मृत्यु भएको दाबी गरेका छन् । त्यस्तै निजि क्लिनिकमा पनि ७ सय बढीको उपचार भएको स्थानीयले बताए ।‘हामी नियन्त्रणमा आई सक्यो भनेर बसेका थियौं,’ अस्पतालमा मेसु मुकेश चौधरीले भने, ‘तर, अवस्था सामान्य छैन् ।’ विस्तारै विरामी बढन थालेका छन् । अवस्था संबेदनशिल हुदै गएको छ ।

झाडापखालका रोकथाम र नियन्त्रणमा सामुहिक प्रतिबद्धता

जिल्लामा फैलिदै गएको झाडापखाला रोकथाम र नियन्त्रणमा सरोकारवालाहरुले सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन । स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको बिपद ब्यवस्थापन समितिको बैठमा पालिका प्रमुख, सुरक्षा निकायका प्रमुख स्वास्थ्य कार्यालयका प्रमुखले सो प्रतिबद्धता ब्यक्त गरेका हुन । एक्लो प्रयासले मात्र अहिलेको स्थितिमा झाडा पखालको रोकथाम गर्न गाह्रो हुने भएको भन्दै उनीहरुले सामुहिकरुपमा अघि बढनु पर्नेमा जोड दिए । प्रजिअ चmक्रपाणी पाण्डेले झाडापखालकाका रोकथाम र नियन्त्रणकालागि सबै सरोकारवाला एक जुट हुनु पर्ने बताए । उनले पालिकाहरुले कार्य योजना बनाई अवस्थाको बिश्लेषण र पुर्व तयारी गन्ु पर्ने बताए । झाडापखाला प्रभावित क्षेत्रको पहिचान गरी घरदैलो कार्यक्रम संचालन गर्नु पर्ने बताए । बैठकमा स्वास्थ्यकर्मीले कपिलवस्तमुा झाडापखाला फैलिनुका मुख्य कारण खुलाठाउमा दिशा गर्ने राम्ररी हात नधुने र तथा खानेपानी संस्थानको पानीमा पाईप फुटेर हुने दुषित पानीले गर्दा भएको ठहर गरेका थिए । उनले पालिकाहरुले स्वास्थ्य संस्थालाई मजुबत बनाउनु पर्ने बताए । महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खा, बुद्धभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठ, कृष्णगनर नगरपालिकाका मेयर रजत प्रताप शाह, मायादेबी गाउपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीले आफनो पालिकामा झाडापखालका संबन्धी सचेतनामुलक कार्यक्रम र घरदैलो अभियान संचालन गर्ने बताए ।

अर्घाखाँचीको झाडापखाला नियन्त्रण उन्मूख

अर्घाखाँचीको शितगंगा नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख भएको छ । सितगंगा नगरपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद पौडेलले झाडापखाला नियन्त्रणमा आइसकेको बताएका हुन्। ‘अहिले झाडापखालाका नयाँ विरामी केही पनि भेटिएका छैनन्।’
शनिबारदेखि सितगंता नगरपालिका–११ खरयभट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका थिए । गाउँमा झाडापखालाको प्रकोप फैलिएको जानकारी भए लगत्तै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरीसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर उपचार गरेका गरि रहेका छन्। खरयभट्टीका स्थानीयमा पखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि नगरपालिकाले स्वास्थ्यकर्मीको टोली पठाएको थियोे ।

प्रतिक्रिया

खबर सबै