

कपिलवस्तुमा एमाले अधिवेशन : कहाँ कसको नेतृत्व ?



कपिलवस्तु ।
देशका ७ सय ५३ पालिकाको उद्घाटन संगै कपिलवस्तुका दश पालिकाको उद्घाटन पनि केन्द्रिय तथा प्रदेश तहका नेताबाट मंगलबार भए सागै अधिवेशन पनि सकिएको छ ।
एमाले बुद्धभूमि नगरपालिकाको उद्घाटन गर्दै एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमालेको सही बिचारका कारण नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय बन्दै गएको धारणा राख्नु भयो ।
त्यस्तै मायादेवी गाउँपालिकाको उद्घाटन एमाले नेता तथा प्रदेश सभा सदस्य विष्णु पंथीले राष्ट्रको विकास प्रति एमालेको दुरदृष्टि रहेको धारणा राख्नु भयो ।
महाराजगञ्ज नगरपालिकाको उद्घाटन गर्दै एमाले केन्द्रिय सल्लाहकार इन्द्रमणी पौडेलले चुस्त संगठनबाट मात्र जनताका समस्या समाधान गर्न संभव हुने बताउनु भयो ।
यसैबिच करिव ४ हजार पार्टी संगठित सदस्य रहेको एमाले बाणगंगा नगरपालिकाको प्रथम नगर अधिवेशनबाट युवा नेता युवराज पोख्रेलको नेतृत्वमा ७० सदस्यि नगर कमिटी सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । अधिवेशनबाट नगरको उपाध्यक्षमा मुक्त बहादुर कार्की सचिवमा विष्णु गिरी उपसचिवमा चेतनारायण भण्डारी, लक्ष्मी थारु सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक विश्व कार्कीले जानकारी दिनु भयो । एमाले बाणगंगाको नगर अधिवेशनलाई निकै अर्थपूर्ण रुपमा लिने गरिएको छ ।
उता एमाले बुद्धभूमि नगरपालिकाको प्रथम नगर अधिवेशनबाट देवी बेल्बासेको नेतृत्वमा ६५ सदस्यि नगर कमिटी चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष खुम प्रसाद आचार्यले जानकारी दिनु भयो । अधिवेशनबाट नगरको उपाध्यक्षमा माधुराम न्यौपाने सचिवमा धुव्र न्यौपाने उपसचिवमा सरिता निशाष सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक पिताम्बर खनालले जानकारी दिनु भयो ।
एमाले शिवराजमा पौडेल चयन
एमाले शिवराज नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जगत पौडेलको नेतृत्वमा नगर कमिटी चयन भएको एमाले शिवराजले जनाएको छ । अधिवेशनबाट नगरको उपाध्यक्षमा महादेव पोख्रेल सचिवमा शरद अधिकारी सर्वसम्मत चयन भएको एमाले शिवराजले जनाएको छ ।
एमाले महाराजगञ्जमा निजामुद्धिन खाँन
एमाले महाराजगञ्ज नगरपालिकाको प्रथम नगर अधिवेशनबाट निजामुद्धिन खाँनको नेतृत्वमा ६५ सदस्यि नगर कमिटी चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष टेकराज पौडेलले जानकारी दिनु भयो । अधिवेशनबाट नगरको उपाध्यक्षमा देवेन्द्र पाण्डे सचिवमा सन्तोष त्रिपाठी सर्वसम्मत चयन भएको एमाले महाराजगञ्जले जनाएको छ ।
एमाले कृष्णनगरमा मौर्या
एमाले कृष्णनगर नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सन्दिप मौर्याको नेतृत्वमा ३८ सदस्यि नगर कमिटी चयन भएको एमाले कृष्णनगरले जनाएको छ । अधिवेशनबाट नगरको उपाध्यक्षमा मेहताव आलम सचिवमा अरुण कुमार श्रीवास्तव, उपसचिवमा जावेद आलाम सर्वसम्मत चयन भएको एमाले कृष्णनगरले जनाएको छ ।
एमाले मायादेवीको नेतृत्वमा चौधरी
एमाले मायादेवी गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट जगन्नाथ चौधरीको अध्यक्षमा नेतृत्वमा ५१ सदस्यि गाउँपालिका कमिटी चयन भएको एमाले मायादेवीले जनाएको छ । जसको उपाध्यक्षमा शंकर प्रसाद चौधरी सचिवमा विष्णु पाण्डे उपसचिवमा माधुरी अग्रहरी, सैरु निशा सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष द्रोणराज सुवेदीले जानकारी दिनु भयो ।
एमाले शुद्धोधनको नेतृत्वमा कुर्मी
एमाले शुद्धोधन गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा राम विलास कुर्मीको नेतृत्वमा ४७ सदस्यि गाउँपालिका कमिटी चयन भएको एमाले शुद्धोधनले जनाएको छ । जसको उपाध्यक्षमा निसार अहमद मुसलवान सचिवमा राधेश्याम यादव उपसचिवमा सरिता न्यौपाने, नुूरुहक शेष सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनु भयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया