टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ । दुईपक्षिय क्रिकेट अहिले नभएको अवस्थामा भारत र पाकिस्तान आइसीसीका प्रतियोगितामा मात्र आमने सामने हुने हुनाले क्रिक्त प्रेमीको यस खेलप्रति विशेष चासो रहेको छ ।

दुवै बीच पछिल्लो खेल २०१९ को जुनमा एकदिवसीय विश्वकपमा भएको थियो । त्यस्तै टी-२० विश्वकपमा भने पाँच बर्षपछि दुवै टिम खेल्न लागेका छन् ।

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे शुरु हुने छ । सुपर १२ अन्तर्गत समुह २ को यस खेल टी-२० विश्वकपको सबैभन्दा बढी प्रतिक्षित खेल मध्ये एक हो । सुपर १२ अन्तर्गत समुह १ मा अस्ट्रेलिया र इङल्याण्डले विजयी शुरुवात गरेका छन् ।

प्रतिक्रिया

खबर सबै