

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छः अध्यक्ष यादव



रौतहट । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणाली परिवर्तन हुनुपर्ने बताएका छन् ।
जसपा रौतहटले शनिबार यमुनामाई गाउँपालिका वडा नम्बर १ सुकदेव चोकमा आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार अनियमिततालाई बढावा दिएको उल्लेख गर्दै शासकीय प्रणाली नै फेर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘ अहिलेको विकृत संसदीय व्यवस्था र निर्वाचन प्रणालीले इमान्दारलाई चुनाव लडन दिदैन । पूजिपतिहरुको हातमा मुलुकको शासन व्यवस्था जान थालेको छ । करोडौ खर्च गरेर चुनाव जित्ने व्यक्ति बाट सुशासन र समृद्धिको आशा गर्नु कोरा कल्पना मात्र हुने छ ।’
वर्तमान बेथितीबाट मुलुकलाई बाहिर निकाल्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपाति संसदीय व्यवस्था एक मात्र विकल्प रहेको उनको भनाई थियो । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सरकार संचालन गर्ने भएपछि भ्रष्टाचार आफैं नियन्त्रण हुने उल्लेख गरे । अध्यक्ष यादवले जसपाको अगामी लडाई शासन प्रणालीकै विषयमा हुने उद्घोष समेत गरे ।
कार्यक्रममा संघीय सरकारका संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीयता जननी जनता समाजवादी पार्टी संघीयता कार्यान्वयनका लागी आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको बताए ।
उनले आफूले पाएको जिम्मेवारीबाट संघीयताप्रेमी जनतालाई निराश हुन नदिने उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आफू काम शुरु गरिसकेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले परम्परागत पार्टीहरुले मुलुकको आमूल परिवर्तनमा असफल भैसकेको उल्लेख गर्दै त्यसका लागी जसपा एक मात्र विकल्प रहेको बताए ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया