एमालेको गाउँ तथा नगर अधिवेशनका लागि कपिलवस्तुमा २ हजार ६ सय बढी प्रतिनिधी चयन

कपिलवस्तु ।

नेकपा एमालेको आज देखि जारी १० औँ महाधिवेशन अन्तगरत देशका अधिकाशं वडाहरुमा वडा अधिवेसन भएको छ । पार्टी अध्यक्ष केपी ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरे सगैँ कपिवस्तुका दशवटै स्थानीय तहहरुमा पनि अधिवेशन कार्यक्रम प्रारम्भ भएको हो ।
प्रथम राष्ट्रिय विधान महाधिवेशन सम्पन्न गरी आक्रामक रुपमा वडा, गाउँ, नगरमा केन्द्रित रहेको एमालेले कपिलवस्तु जिल्लाबाट प्रतिनिधी तथा वडाको नेतृत्व चयन गर्ने काम सकिएको जनाएको छ । कपिलवस्तु जिल्लाका ६ नगर कमिटी र ४ पालिका स्तरका कमिटीबाट २ हजार ६ सय ८४ जना प्रतिनिधी चयन गरेको एमाले जिल्ला संगठन विभागले जनाएको छ । शनिवार नै दश स्थानिय तहका वडा कमिटीको नेतृत्व समेत एकै साथ चयन गरेको एमाले कपिलवस्तुले जानकारी दिएको छ ।

जिल्लाको बाणगंगा नगरपालिकाको वडा नं. ७ को वडा अधिवेशनको उद्घाटन एमाले केन्द्रिय कमिटी तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारीलाल न्यौपानेले गर्नु भयो । उद्घाटन गर्दै सह ईन्चार्ज न्यौपानेले एमालेले आफ्नो कामबाट जनताको मन जितेको दावी गर्नुभयो ।
त्यस्तै एमाले कन्द्रिय कमिटी सदस्य ,कपिलवस्तु इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेल बाणगंगा न.पा. वडा नं. ८ को वडा अधिवेशनको शुभारम्भ गर्दै सामाजिक, साँस्कृतिक एवम् आर्थिक विकासका एमालेले ऐतिहासिक कार्य गरेको उद्घोष गर्नुभयो । एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव एवम् संविधान सभा सदस्य बलराम अधिकारीले बाणगंगा न.पा.वडा न.२ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ ।
एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बाणगंगा न.पा. वडा नं. ५ र वडा नं. ९ को वडा अधिवेशनको शुभारम्भ गर्नु भयो भने एमाले प्रदेश कमिटी सदस्य डम्मर शर्माले बाणगंगा न.पा. वडा नं. ११ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको थियो । संविधान सभा सदस्य विश्राम प्रसाद थारुले बाणगंगा वडा न. ६ को वडा अधिवेशनको शुभारम्भ गर्नु भयो भने एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालले कपिलवस्तु न.पा. वडा नं. १ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ ।
एमाले जिल्ला सचिव बाबुराम आचार्यले बाणगंगा न.पा. वडा नं. ४ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ । त्यस्तै एमाले नेता तथा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बाणगंगामा वडा नं. ३ र १० को वडा अधिवेशनको शुभारम्भ गर्नु भयो ।
एमाले नेता तथा विजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापाले विजजनगर गाउँपालिका वडा नं ३ र ४ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको हो । त्यस्तै लुम्बिनी प्रदेश कमिटी सदस्य सूर्य कुमारी शाहीले बाणगंगा नगरपालिका वडा नं. १ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ । त्यस्तै लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पौडेलले महाराजगन्ज नगरको वडा नं. १को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

कपिलवस्तु जिल्लाका सबै स्थानिय तहमा नेकपा एमालेको वडा अधिवेशन सुरु भए सँगै आगामी कार्यकालका लागी नेकपा एमाले कपिलवस्तुले पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । कपिलवस्तुका सबै ९६ वटै वडामा शनिवार बाट अधिवेशन सुरु भएको नेकपा एमाले कपिलवस्तु प्रचार प्रसार समितिले जानएको छ ।
आजको वडा अधिवेशनले आउँदो ९ गते हुने नगर अधिवेशनको लागि प्रतिनिधि पनि चयन गरेको छ । देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन सुरु भएको हो ।
कात्तिक ९ गते हुने नगर अधिवेशनका लागि आज वडा अधिवेशन मार्फत प्रतिनिधी चयन हुने ब्यवस्था अनुसार एमालेको वडा अभिवेशन भएको नेता डम्मर शर्माले जानकारी दिनु भयो । नेता शर्माका अनुसार नगर अधिवेशनका निम्ति १० जना महिला पार्टी सदस्य बराबर १ जना प्रतिनिधी चयन हुने छन भने १५ जना पुरुष पार्टी सदस्य बराबर १ जना नगर प्रतिनिधी चयन हुने ब्यवस्था रहेको नेकपा एमालेले यसपटकको अधिवेशनमा गरेको छ । वडा अधिवेशनको हकमा भने सबै पार्टी सदस्य स्वतहः प्रतिनिधी रहने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया

खबर सबै