

देउखुरीमा सवारी दुर्घटना, ९ जना घाइते



दाङ । लमहीमा आज गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नम्बरको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।
घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय घर्ती, १५ वर्षीया रबिना घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, २२ वर्षीया लक्ष्मी खड्का, तीन वर्षीय आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही–६ देउपुरका ३६ वर्षीय तुल्सीराम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेमध्ये दिलसरी रानालाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ भने अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया