

बेलायतमा फेरि बढ्यो कोरोना, एकैदिन ५० हजार संक्रमित





एजेन्सी
बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केहि दिनयता दैनिक ४० हजारको हाराहारीमा संक्रमण भएपनि आइतबार यो संख्या झन्डै ५० हजार पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको आइतबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ४९ हजार १५६ संक्रमित फेला परेका छन् ।
बेलायत सरकारले यात्रा प्रतिबन्धसम्बन्धी लागू गरेको ट्राफिक सिस्टम हटाएका कारण संक्रमण दर उच्च भएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतमा ३५ देखि ५५ वर्ष उमेर समूहमा कोरोना संक्रमण बढी देखिएको तथ्यांकले देखाएको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमित संख्या २० प्रतिशतले बढेको हो । सोमबारमात्र सरकारले आउने जाडोयामको समय निकै चुनौतिपूर्ण हुने बताएको थियो । बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४ लाख ९७ हजार ८६८ पुगेको छ ।
यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ४५ जनाको मात्र ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ८६९ जना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार ६२९ पुगेको छ ।
गएको एक सातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ९१५ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ९७ रहेको छ । यस्तै ७९१ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात ७८.९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया